• २०८१ बैशाख ७ शुक्रबार

एन्फाको महासचिवमा किरण राई र कोषाध्यक्षमा रविन्द्र जोशी मनोनित

kharibot

काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा) को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले पुर्व प्रवक्ता किरण राईलाई एन्फाको महासचिवमा मनोनयन गरेको छ ।

त्यस्तै कार्यसमितिको पहिलो बैठकले रविन्द्र जोशीलाई एन्फाको कोषाध्यक्षमा मनोनयन गरेको छ ।

एन्फाको विधान अनुसार महासचिव र कोषाध्यक्ष कार्य समितिले नियुक्त गर्ने व्यवस्था रहेको छ ।

एन्फामा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, चार जना उपाध्यक्ष, १३ जना खुला सदस्य र २ जना महिला सदस्यसहित २१ जनालाई साधारण सभाले निर्वाचित गर्दछ ।

हालै सम्पन्न निर्वाचनले अध्यक्षसहित १९ जनालाई निर्वाचित गरेको छ । जसमध्ये १३ खुल्ला सदस्य पदका लागि भएको निर्वाचनले ११ जना मात्रै चयन गरेको छ । नेम्वाङ प्यानलबाट ६ तथा शेर्पा प्यानलबाट ५ सदस्य विजयी भएका छन् । चार जना सदस्यका उम्मेदवारको समान ३९–३९ मत भएपछि दुई सदस्यको टुङ्गो लागेको छैन । बाँकी दुई सदस्यको विशेष साधारण सभा आह्वान गरेर टुङ्गो लगाउनु पर्ने भएको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै