• २०८१ बैशाख ४ मंगलबार

‘लाखे’को फस्टलुक सार्वजनिक

kharibot

काठमाडौं  । मल्टिस्टारर फिल्म ‘लाखे’को फस्टलुक सार्वजनिक भएको छ । ३१ भदौमा प्रदर्शन हुने फिल्मको फस्टलुक बिहीबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो ।

पोस्टरमा चार मुखौटाधारीका साथमा अर्पण थापाको फोटो श्यामश्वेत रंग प्रस्तुत गरिएको छ । पोस्टरले फिल्म सस्पेन्स–थ्रीलरले भरिपूर्ण छ भन्ने इंगित गर्छ ।

सम्राट बस्नेत निर्देशित फिल्ममा सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुपविक्रम शाही, वर्षा राउत, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, सन्जोग राणा, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारीको अभिनय छ ।

गणेश मल्ल ठकुरी (जिएम)को प्रस्तुती रहेको फिल्मको कथाकार र निर्माता सिजन अर्याल हुन् । हरी मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन छ ।

ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा, संवाद आकाश बरालले लेखेका हुन् । अर्जुन जिसीको सम्पादन रहेको फिल्मका गीतमा दीपक बज्राचार्यको संगीत छ । आरआर फिल्मस्ले वितरण गर्ने फिल्मको टिजर केही समयमै सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै