• २०८१ बैशाख ७ शुक्रबार

थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

kharibot

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार २४ सय ९४ जनामा गरिएको परीक्षणबाट ४९ जनामा संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार १२ सय ३४ जनाको पीसीआर र १२ सय ६० जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

यस्तै, अहिले नेपालमा एक सय ६७ जना संक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । कोरोनका कारण नेपालमा हालसम्म ११ हजार नौ सय ५२ जनाले ज्यान गुमाइसकेका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै