काठमाडौं । एसिसी महिला टी २० च्याम्पियनसिपअन्तर्गत सेमिफाइनलको खेल बर्षाका कारण खेल रद्ध भएको छ ।
बर्षाले खेल रद्ध भएपछि युएई प्रतियोगिताको फाइनलमा पुगेको छ । समुह चरणमा अपराजित रहेको कारण युएई फाइनलमा पुगेको छ भने एशिया कपमा पनि छनौट भएको छ । युएईले समुह चरणका चारै खेल जितेको थियो भने नेपालले समुह चरणमा हङकङसँग हार बेहोरेको थियो ।
योसँगै नेपालको एशिया कप खेल्ने प्रयास असफल भएको छ ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले १९.५ ओभरमा अल आउट हुदै ८१ रन बनाएको थियो ।
८२ रनको लक्ष्य पाएको नेपाल बर्षा बाधक भएपछि खेल्न नपाई प्रतियोगिताबाट बाहिरिएको छ ।