• २०८१ बैशाख ७ शुक्रबार

अन्तिम खेलमा अष्ट्रेलिया विजयी, सिरिज श्रीलंकाले ३-२ ले जित्यो

kharibot

काठमाडौं । घरेलु टोली श्रीलंकाविरुद्धको अन्तिम एकदिवसीय अन्तराष्ट्रिय खेलमा अष्ट्रेलियाले चार विकेटको जित निकालेको छ ।

कोलम्बोमा शुक्रबार रातिको खेलसँगै घरेलु टोली श्रीलंकाले पाँच खेलको शृंखलामा अष्ट्रेलियालाई ३-२ ले हरायो  ।

श्रीलंकाले दिएको १६१ रनको लक्ष्य अष्ट्रेलियाले ३९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो  ।

अष्ट्रेलियाका एलेक्स केरीले सर्वाधिक ४५ रन जोडे । यस्तै, मार्नुस ३१ रनको योगदान गरे । श्रीलंकाका दिनुथले सर्वाधिक  ३ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४३ ओभर १ बलमा सबै विकेट गुमाउँदै  १६० रन बनाएको थियो । श्रीलंकाका चामिका करुनारत्नेले सर्वाधिक ७५ रन बनाए । कुशल मेन्डीसले २६ रनको योगदान गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै