• २०८१ बैशाख ७ शुक्रबार

भिएनएल- फ्रान्सको दबदबा कायम

kharibot

काठमाडौं । नेसन्स भलिबल लिगमा ओलम्पिक च्याम्पियन फ्रान्सले आफ्नो दबदबा कायम राखेको छ । 

शनिबार राति समापन भएको पुरुषतर्फको खेलमा जापानलाई ३-० को सोझो सेटमा पराजित गर्दै फ्रान्स २१ अंकसहित शीर्षस्थानमा छ । फ्रान्सले जापानविरुद्ध २५-२२, २७-२५, २५-१७ को सहज जित निकाल्यो । 

यता, दोस्रो स्थानको पोल्यान्डले अष्ट्रेलियालाई ३-० कै सोझो सेटमा हरायो । १८ अंकसहित दोस्रो स्थानमा रहेको पोल्यान्डले २५-१७, २५-१९, २५-११ को जित निकाल्यो ।  

अन्य खेलमा नेदरल्यान्डले अर्जेन्टिनालाई ३-२ को सेटमा हरायो । इरानले क्यानडा र इटालीले स्लोभाकियालाई सोझो सेटमा हराउँदा अमेरिकाले घरेलु टोली बुल्गेरियालाई ३-१ को सेटमा हरायो । 

जारी भलिबल नेसन्स लिगमा १६ टिमको सहभागिता छ । यसपछि क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेल हुनेछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै