• २०८१ बैशाख ६ बिहीबार

कारो फिल्म्सको लू उपन्यासमा भट्टराईले फिल्म निर्देशन गर्दै 

kharibot

काठमाडौँ । कारो फिल्म्स् ब्यानर ले नयन राज पाण्डे को चर्चित " लू "उपन्यासमा चलचित्र बनाउन लागेको हो। यस चलचित्रको निर्देशन प्रदिप भट्टराईले गर्ने भएका छन् । निर्माता निशा खरेल र निर्देशन प्रदिप भट्टराई बीच फिल्म निर्माण गर्ने सहमति पत्रमा  हस्ताक्षर भएको छ। 

निर्देशक भट्टराई ले जात्रा , जत्रै जात्रा , सत्रु घते जस्ता उत्कृष्ट सफल  फिल्म को निर्देशन तथा निर्माण गरेका छन्।  'लू' उपन्यास उत्कृष्ट बिक्रेता भएको किताब हो र यो उपन्यास पढाई मा जति रोमान्चक छ फिल्म हेर्दा पनि तेतिकै नै मज्जा आउने भएको छ। एउटा पुरा प्याकेज बन्ने छ।राम्रो  सेन्स अफ ह्युमर भएको यो उपन्यास मा बच्चा देखि बृद्धा ले हेर्ने मिल्ने छ। यसमा नेपाल र भारत को सिमा को पनि बिषय उठेको छ। दर्शकलाई मनपर्ने कथा, बिषय , ह्युमर   सबै उपन्यास ले समेटेको छ। 

यो कारो  फिल्म्स ब्यानरको मुख्य उद्देश्य नेपाली फिल्मलाई  अर्को उचाई मा लाने कम्पनी को धारणा  छ र एस्तो नेपाल को बिसय बस्तु पनि संसार ले हेर्नु पर्ने भन्ने भनाइ छ।  साथै कारो फिल्म्स ले यो लगायत अरु पनि  बिग बजेट फिल्म्स  बनाउने छ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै