• २०८१ बैशाख ८ शनिबार

पद छोड्दा भावुक भइन् मन्त्री झाँक्री, ९० प्रतिशत काम गरेको आलेको दाबि

kharibot

काठमाडौं । नेकपा एकीकृत समाजवादीका दुई मन्त्री रामकुमारी झाँक्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पत्रकार सम्मेलन गरेर मन्त्री पद छोडेका छन् । 

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्रीबाट राजीनामा दिने घोषणा गर्न आयोजना गरिएको कार्यक्रममा रामकुमारी झाँक्री भावुक बनेकी छन् । शहरी विकास मन्त्रीबाट राजीनामा दिन आयोजना गरिएको कार्यक्रममा मन्त्री झाँक्री रोएकी हुन् । कार्यक्रमा भावुक हुँदै आँशु झार्न थालेपछि बोल्ने कार्यक्रम पछि सारिएको थियो ।

उनले मन्त्रालयलमा बिताएको समयमा प्राप्त उपलब्धिलाई कर्मचारीले प्रस्तुत गरेका थिए ।  भावुक भएकी मन्त्री झाँक्रीले आफूलाई गाह्रो भएको बताउँदै बोल्ने कार्यक्रम पछाडि धकेलेपछि मन्त्रालयले बिदाइको चिनो दिने कार्यक्रम गरेको छ ।

उनीसँगै आजै एकीकृत समाजवादीका अर्का मन्त्री प्रेम आलेले पनि मन्त्रीबाट राजीनामा दिएका छन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आलेले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई राजीनामा बुझाइसकेका उनले आइतबार बेलुका मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेका हुन् । उनले आफूले पदबाट राजीनामा दिए पनि सांसदको भूमिकामा रहिरहने र विकृतिविरुद्ध मेरो खबरदारी निरन्तर रहने छ । 

'म यहाँबाट बिदा भएर सिंहदरबारबाहिर सांसदको भूमिकामा रहिरहने नै छु । विकृतिविरुद्ध मेरो खबरदारी निरन्तर रहिरहने छ । समयले मागेमा म सुधारका लागि नेतृत्वमा पुनः फर्किने नै छु', आइतबार आयोजति पत्रकार सम्मेलनमा आलेले भने । 

आफूले मन्त्रालयमा २६३ दिन बिताएको भन्दै उनले ति दिनहरु बितेको आफूलाई पत्ता नभएको बताए । उनले आफू आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट रहेको बताए । जनताले आफ्नो काममको समीक्षा गर्ने उनको भनाइ थियो । उनले कागजमा मात्रै काम गरेकाहरु आफ्नो निगरानीमा पर्ने गरेको बताए । 'पिँधमा बस्नेहरुभन्दा टाकुरामा बस्नेहरु सधैं मेरो निगरानीमा परे', उनले भने ।

काम गर्दा शक्ति केन्द्रबाट दबाब र प्रभाव आएको भए पनि आफूले त्यसअनुसार काम नगरेको उनको दाबी थियो । 

नेकपा एकीकृत समाजवादीले गत जेठ २२ गते नै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । तर, पार्टीको निर्णयलाई प्रधानमन्त्रीले कार्यान्वयन नगरेपछि  पार्टीमा बिबाद देखिएको थियो । यसबीचमा आलेसहितका १० सांसदहरुले पार्टी नेतृत्वलाई विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएका थिए । 

एकीकृत समाजवादीका मन्त्रीहरुले आजै पद छोडेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले आज भोलिमा मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेको बुझिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै