• २०८१ बैशाख ८ शनिबार

प्रधानमन्त्री देउवाद्वारा सुनुवारको निधनप्रति दुःख व्यक्त

kharibot

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवारकी धर्मपत्नी प्रमिला सुनुवारको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रमिला सुनुवारको ओखलढुङ्गाको खिजीदेम्वा गाउँपालिका खिजीमा आज ५४ वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनि प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवारलगायत शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन् ।

नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय रहनाका साथै सामाजिक कार्यमा समेत प्रमिला सुनुवारको संलग्नता रहँदै आएको थियो । उनका श्रीमान् र दुई छोरा छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै