• २०७९ श्रावण २७ शुक्रबार

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

kharibot

काठमाडौँ । एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्किएको छ ।

मलेसियामा भएको उक्त प्रतियोगितामा नेपाल सेमिफाइनलमा पुगेको थियो ।

यही असार ११ गते नेपाल र संयुक्त अरब इमिरेट्स (युएइ) बीचको पहिलो सेमिफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो ।

 वर्षा बाधक भएपछि नेपालको एसिया कप क्रिकेटमा छनोट हुने सपनासमेत समाप्त भएको थियो ।

सेमिफाइनल खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको नेपालले युएइलाई ८१ रनमा अलआउट गरेको थियो । 

जीतका लागि ८२ रनको विजयी लक्ष्य पाएको नेपालले वर्षाका कारण जवाफी ब्याटिङ गर्न पाएन र नेपाल सेमिफाइनलबाटै बाहिरिन बाध्य बनेको थियो ।  

नेपालले समूह चरणको खेलमा भुटान, कुवेत र बहराइनलाई पराजित गरेको थियो भने हङ्कङसँग पराजित भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय