• २०८१ बैशाख १३ बिहीबार

अमेरिकामा गर्भपतनसम्बन्धि फैसलाको विरोधमा सेक्स स्ट्राइक !

kharibot

काठमाडौँ । अमेरिकी सर्वोच्च अदालतको आदेशविरुद्ध महिलाहरूले अनौठो यौन हड्ताल गरेका छन् । यसअन्तर्गत उनले देशमा गर्भपतनलाई कानुनी मान्यता नदिएसम्म पुरुषसँग यौनसम्पर्क नगर्न आह्वान गरिरहेकी छन् । सामाजिक सञ्जालमा अनौठो सेक्स स्ट्राइकको चर्चा हरेक दिन बढिरहेको छ ।

अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको अधिकार खारेज गरेको छ । यससँगै २६ राज्यले यसलाई प्रतिबन्ध लगाउन कानुन बनाउने विचार गरिरहेका छन् । यसबाट महिलाहरु आक्रोशित छन् । यसको विरुद्ध अनौठो ढंगले आन्दोलन गरिरहेका छन् । यो आन्दोलनमा महिलाले पनि पुरुषसँग सहयोग खोजिरहेका छन् ।

अमेरिकी महिलाहरूले सामाजिक सञ्जालमा पुरुषहरूलाई गर्भपतनको अधिकार पुनर्स्थापित गर्न संघीय कानून पारित नभएसम्म यौनसम्बन्धबाट टाढा रहन आग्रह गरिरहेका छन् । सामाजिक सञ्जालमा अनौठो ह्यासट्यागसहित हडताललाई लिएर अभियान चलिरहेको छ । #SexStrike र #abstinence अहिले ट्रेण्डिङमा छ । गर्भधारण गर्न नसक्ने भएकाले कुनै पुरुषसँग यौनसम्पर्क नगर्ने महिलाको भनाइ छ । श्रीमानसँग सम्बन्ध पनि राख्दैनौं, जबसम्म हामी गर्भवती हुन चाहँदैनौं, हामी यौन सम्बन्ध राख्दैनौं ।

अमेरिकी महिलाहरू भन्छन्, यदि हाम्रो शरीरमा हाम्रो अधिकार छैन भने, पुरुषहरूको पनि छैन । एक प्रयोगकर्ताले ट्विट गरे, ‘म न्युयोर्कमा बस्छु र सर्वोच्च अदालतको निर्णयको विरुद्धमा छु । म यौन हड्ताललाई समर्थन गर्ने व्यक्तिहरू खोज्दै छु । यो हाम्रो शक्ति हो । गर्भपतन अधिकार संघीय कानून नबन्दासम्म यौनसम्पर्क नगर्नुहोस् ।'

राष्ट्रव्यापी यौन हड्तालको समर्थन गर्दै अर्की एक महिलाले लेखिन्, 'महिलाले गर्भपतनको कानुनी अधिकार नपाउँदासम्म पुरुषसँग यौनसम्पर्क नगर्नुहोस् ।'

अमेरिकी सर्वोच्च अदालतको फैसलाबाट बलात्कार पीडित माया डेमेरी पनि आक्रोशित छिन् । उनले लेखेकी छिन्, ‘यदि यो दुनियाँले महिलालाई सधैँका लागि उत्पीडन गर्न सक्छ भन्ने सोच्यो भने हामी खुट्टा हल्लाउनेछौँ । क्यारोलिन हेलीले भनिन् कि यो निर्णयले महिलाको भन्दा पुरुषको यौन जीवन धेरै महत्त्वपूर्ण छ भन्ने संकेत गर्छ ।

अमेरिकी सर्वोच्च अदालतको फैसलाको कडा विरोध भइरहेको छ । यसको विरोधमा जनता पनि सडकमा उत्रिएका छन् । एरिजोना क्यापिटल बाहिर प्रदर्शनकारीहरूलाई तितरवितर गर्न प्रहरीले अश्रु ग्यास प्रहार गर्नुपरेको थियो । जब प्रदर्शनकारीहरूले सिनेट भवनको सिसाको ढोका हल्लाउन थाले, धेरै सांसदहरू आक्रमणको डरले भवन भित्र लुकेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै