• २०८१ बैशाख ७ शुक्रबार

टेक्सासमा एक गाडीमा ४२ जना मृत भेटिए

kharibot

काठमाडौँ । टेक्सासको सान एन्टोनियोको बाहिरी इलाकामा एउटा लरीमा कम्तीमा ४२ जना आप्रवासीहरू मृत फेला परेको बताइएको छ । स्थानीय मिडियाका अनुसार कम्तिमा १६ जनालाई पनि विभिन्न अवस्थामा अस्पताल लगिएको छ ।

गाडी सान एन्टोनियोको दक्षिणपश्चिमी भागमा रेल ट्र्याकको छेउमा फेला परेको थियो ।

न्यूयोर्क टाइम्सका अनुसार सान एन्टोनियो प्रहरी विभागका अधिकारीहरूले घटनास्थलबाट हराएका गाडीका चालकलाई खोजिरहेका थिए ।

टेक्सासको सान एन्टोनियो अमेरिका-मेक्सिकन सीमाबाट लगभग २५० किमी टाढा छ ।

टेक्सासका गभर्नर, ग्रेग एबोटले मृत्युको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोष दिदै घातक खुला सीमा नीतिको परिणामका कारण यस्तो घटना भएको बताएका छन् ।

मेक्सिकोका विदेश मन्त्री मार्सेलो एब्रार्डले देशको कन्सुल खोजको स्थलतर्फ जाँदै गरेको तर पीडितको राष्ट्रियता अझै अज्ञात रहेको बताएका छन् ।

मानिसहरू कसरी मरे भन्ने तुरुन्तै स्पष्ट हुन सकेको छैन र स्थानीय प्रहरीले सार्वजनिक रूपमा टिप्पणी गरेको छैन ।

गाडीमा मानिसहरु निस्सासिएर मरेको हुन सक्ने बताइएको छ । अहिले सो ठाउको तापक्रम ३९-४० डिग्री सम्म रहेको बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै