• २०८१ बैशाख १२ बुधबार

अफगानिस्तानका भूकम्पपीडितलाई चीनको सहयोग

kharibot

काबुल । अफगानिस्तानका भूकम्प पीडितलाई चीनले मानवीय सहयोग गरेको छ । चीनले प्रदान गरेका राहत सामग्रीको पहिलो खेप सोमबार यहाँ आइपुगेको हो । 

चिनियाँ अधिकारीहरूका अनुसार सहायता सामग्री सोमबार नै अफगानिस्तान सरकारलाई हस्तान्तरण गरिएको छ । 

पहिलो खेपमा प्राप्त  सामग्रीमा त्रिपाल, लत्ताकपडा, खाद्यान्न तथा औषधि छन् । अफगानिस्तानका लागि चीनका राजदूत वाङ युले राहत सामग्री तालिबान सरकारका प्रकोप व्यवस्थापनसम्बन्धी कार्यबाहकमन्त्री गुलाम घवासलाई हस्तान्तरण गरेका हुन् । 

काबुल विमानस्थलमा नै एक कार्यक्रमको आयोजना गरेर ती सामग्रीहरु हस्तान्तरण गरिएको हो । त्यस अवसरमा राजदूत वाङले अफगानिस्तानलाई पाँच करोड युआन उपलब्ध गराउने निर्णय चीन सरकारले गरेको जानकारी पनि दिएका थिए । राजदूत वाङले घोषित सहयोगबाट नै राहत सामग्रीको पहिलो खेप प्रदान गरिएको उनले बताए । 

यही असार ८ गतेको शक्तिशाली भूकम्पमा परी एक हजार एकसय पचासभन्दा बढीको ज्यान गएको र दुई हजारभन्दा बढी घाइते भएका बताइएको छ । अफगान भूकम्प पीडितलाई छिमेकी पाकिस्तान, भारत, युरोपेली सङ्घमा आवद्ध देशका साथै अन्य एशियाली मुलुकले पनि सहयोग गरिरहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै