• २०८१ बैशाख १२ बुधबार

प्रधानसेनापति शर्मा अमेरिकाको भ्रमणमा

kharibot

काठमाडौँ । प्रधानसेनापती प्रभुराम शर्मा अमेरिकाको भ्रमणमा रहेका छन् ।

नेपाली सेनाले प्रधानसेनापति शर्माले अमेरिकाको भ्रमणको क्रममा सोमबार क्वाँटीको भर्जिनियास्थित नेशनल म्युजियम अफ द मार्जिन क्रप्स र मेरिन क्रप्स बेसको अवलोकन भ्रमण गरेको जानकारी दिएको छ ।

सो क्रममा प्रधानसेनापति शर्माले मेरिन क्रप्स वार फाइटिङ लाब्रोटेरी का कमाण्डिङ जनरल ब्रिगेडियर जनरल किले बि एलिसनसँग छलफल तथा अन्तर्क्रिया समेत गरेका थिए । 

भ्रमणकै क्रममा, प्रधानसेनापति शर्माले क्वान्टिको भर्जिनिया स्थित मेरिन क्रप्स कमाण्ड एन्ड स्टाफ कलेजको भ्रमण गर्दै उक्त कलेजको तालिम लगायत विविध पक्षका बारेमा जानकारी हासिल गरेको नेपाली सेनाले जानकारी गराएको छ ।

प्रधानसेनापति शर्मा अमेरिकाको औपचारिक भ्रमणको क्रममा असार १२ गते अमेरिका पुगेका हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै