• २०८१ बैशाख ४ मंगलबार

पूर्व क्लबमा फर्किए ब्राजिलियन फर्नान्डिन्हो

kharibot

काठमाडौं । इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका मिडफिल्डर फर्नान्डिन्हो ब्राजिलियन क्लब एथ्लेटिको पारानान्सेमा अनुबन्धित भएका छन् ।

३७ वर्षीय फर्नान्डिन्हो सिटीमा कम अवसर पाउन थालेसँगै पूर्व क्लब एथ्लेटिको पारानान्सेमा अनुबन्ध भएका हुन् ।  इत्तिहाद रंगशालामा नौ वर्ष बिताएका फर्नान्डिन्होले सिटीबाट ३८३ खेल खेलेका छन् ।

ब्राजिलबाट ५३ अन्तर्राष्ट्रिय खेल खेलेका फर्नान्डिन्हो पछिल्लो सिजन सबैखाले प्रतियोगिता सिटीको लागि १७ खेलमा मात्र पहिलो रोजाईमा परेका थिए ।

यसअघि सन् ३००५ मा सख्तर डोनेस्मा अनुबन्धित हुनुअघि फर्नान्डिन्होले ब्राजिलियन क्लब पारानान्सेमा तीन सिजन बिताएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै