• २०८१ बैशाख ८ शनिबार

एलन मस्कसँग जोडिएका चर्चित ६ विवाद

kharibot

काठमाडौँ । आज विश्वकै धनी व्यक्ति एलन मस्कको जन्मदिन हो । उनी ५१ वर्षका भएका छन् । स्पेसएक्स र टेस्लाका सीईओ २०२० मा कोभिड-१९ महामारीको प्रकोप पछि १० गुणाभन्दा बढि कमाई गरेका छन् । मस्कको नेटवर्थ बढेको गतिले उनको विवाद पनि बढाएको छ । मस्कलाई पोडकास्टका क्रममा भांग र व्हिस्की पिउने, यौन उत्पीडनको आरोप समेत लगाइएको छ । यस्तो अवस्थामा आज उनको जन्मदिनको अवसरमा मस्कसँग सम्बन्धित केही रोचक तथ्य बताउदै छौं ।

१- यौन उत्पीडनको आरोप

केही दिन अघि स्पेसएक्सका एक एयरहोस्टेजले मस्कमाथि यौन उत्पीडनको आरोप लगाएकी थिइन् । यो कुरालाई दबाउन स्पेसएक्सले ति एयर होस्टेजलाई साढे २ लाख डलर दिएको विषय बाहिर आएको थियो । यौन उत्पीडनको यो केस २०१६ को हो र यो रकम सन् २०१८ मा दिइएको थियो । बिजनेस इनसाइडरको रिपोर्टमा एयर होस्टेजले अनुबंधको आधारमा स्पेसएक्सको कर्पोरेट जेट फ्लीटमा काम गरेकी थिइन् । एयर होस्टेजले मस्कले सहमति बिना उनको खुट्टामा लात हाने र यौन गतिविधिमा संलग्न हुन आग्रह गर्ने गरेको आरोप लगाएकी थिइन् ।

२- एम्बर हर्डसँग रोमान्स 

हलिवुड अभिनेत्री एम्बर हर्ड र एलोन मस्कको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । यस भिडियोमा एम्बर र एलन जोनी डेपको पेन्टहाउसको लिफ्टमा सँगै देख्न सकिन्छ । दुवै एक अर्कासँग निकै रोमान्टिक देखिन्थे । मस्कसँग एम्बर हर्डको सम्बन्ध जोनी डेपसँग सम्बन्ध विच्छेद गरेपछि सुरु भयो । तर, पछि उनीहरु छुट्टिए ।

३- पोडकास्टको समयमा गाजा र व्हिस्की 

२०१८ मा, मस्कले कमेडियन जो रोगनको पोडकास्टको समयमा गाजा र व्हिस्की पिए । यस विषयमा निकै हंगामा भएको थियो । यो कुरा बाहिर आएपछि टेस्लाका एक कर्मचारीले अफिस बाहिर गाजा प्रयोग गरेको भन्दै बर्खास्त गरिएको बताए । विवादपछि मस्कले सार्वजनिक रूपमा सबैसँग माफी मागेका थिए ।

४- पत्रकारहरूको रेटिंगका लागि वेबसाइट

२०१८ मा, टेस्ला कारहरुसंग सम्बन्धित दुर्घटनाको बारेमा मिडियामा मस्कको बिरूद्ध धेरै नकारात्मक समाचारहरु आए । यसपछि मस्कले मिडियाविरुद्ध मोर्चा खोले र पत्रकार रेटिङ वेबसाइट खोल्ने कुरा गरे । उनले धेरै पत्रकारले धेरै क्लिक र विज्ञापन कमाउने दबाबमा टेस्लाको बारेमा नकारात्मक समाचार चलाउने गरेको बताए । वेबसाइटले मिडियाको विश्वसनीयता पुनर्स्थापित गर्ने उनको तर्क थियो ।

५- टेस्लालाई निजी बनाउने विषय 

अगस्त ७, २०१८ मा, मस्कले केही ट्वीटहरूमा टेस्लाको फ्रि-फ्लोट स्टक ४२० डलरमा किन्न आफ्नो योजनाको खुलासा गरे । यसका लागि बजेट पनि प्राप्त भइसकेको उनले बताए । २४ अगस्टमा उनी आफ्नो वचनबाट पछि हटे । उनले एक विज्ञप्ति जारी गर्दै भने, 'सरोकारवालाहरूसँग परामर्श गरेपछि उनीहरूले टेस्लालाई निजी भन्दा सार्वजनिक राख्नु राम्रो हो भन्ने निर्णय गरेका छन् ।'

६- ट्विटर किन्ने र विवाद 

मस्कले ट्विटरलाई ४४ अर्ब डलरमा किन्ने सम्झौता गरेका छन् । तर सम्झौताको टुंगो लाग्नुअघि मस्कले केही समयका लागि सम्झौता स्थगित गरे । उनले ट्वीटरमा स्प्याम वा फेक अकाउन्ट साँच्चै ५ प्रतिशतभन्दा कम छन् कि छैनन् भन्ने यकिन विवरण भने खुलाइएको छैन । यी विवरणहरू खुलासा नभएसम्म सम्झौता होल्डमा रहनेछ ।

२०२० को सुरुमा मस्कको कुल सम्पत्ति ३० अर्ब डलर नजिक थियो । वर्षको अन्त्यमा, यो बढेर १६७ बिलियन डलर पुगेको थियो । टेस्लाको स्टक त्यो वर्ष ६५० प्रतिशतभन्दा बढी बढेको थियो । मस्कको टेस्लामा लगभग २० प्रतिशत स्वामित्व छ, त्यसैले कम्पनीको स्टकमा उछाल उनको नेट वर्थ यति धेरै बढेको कारण हो । हाल उनको कुल सम्पत्ति २३४ बिलियन डलर छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै