• २०८१ बैशाख ७ शुक्रबार

नेपालविरुद्ध गलत एक्सनमा बलिङ गरेका जिम्बाबेका भिटोरीलाई अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिबन्ध  

kharibot

काठमाडौँ । जिम्बाबेका बलर ब्रायन भिटोरीलाई आइसीसीले तत्काल देखि लागु हुने गरि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न प्रतिबन्ध लगाएको छ ।

गत फागुन २० गते नेपालविरुद्धको खेलमा अवैध बलिङ एक्सनले बलिङ गरेको भन्दै उनलाई प्रतिबन्ध लगाएको आइसीसीले जनाएको छ ।

नेपालसँगको खेल पछि खेलका अफिसियलहरुले उनको बलिङ एक्सनका बारेमा उजुरी गरेका थिए । आइसीसीको नियम ३.६.२ अनुसार अफिसियलको रिपोर्ट पछि गत मंगलबार अफगानिस्तानसँगको उनको बलिङ एक्सन रेकर्ड गरिएको थियो ।

भिडियो रेकर्डको विश्लेषण अनुसार आइसीसीको विश्वकप छनौटको इभेन्ट प्यानलले उनको बलिङ एक्सनलाई आइसीसीको नियम विपरित भएको पाएको थियो । 

आइसीसीले उनलाई अनिश्चितकालका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न प्रतिबन्ध लगाए पनि भिटोरीले आइसीसीको बलिङ टेस्ट सेन्टरमा गएर टेस्ट दिन पाउने आइसीसीले उल्लेख गरेको छ ।

भिटोरीले नेपालविरुद्ध ८ ओभर बलिङ गर्दै बसन्त रेग्मी र रोहित पौडेललाई आउट गरेका थिए ।            
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै