• २०८१ बैशाख १३ बिहीबार

आयरल्याण्डविरुद्धको टी-२० सिरिजमा भारतको कब्जा

kharibot

काठमाडौँ । भारतले आयरल्याण्डविरुद्धको टी-२० सिरिज २-० ले जितेको छ । गएराती सम्पन्न सिरिजको अन्तिम तथा दोस्रो खेलमा भारत ४ रनले विजयी भएपछि सिरिज जितेको हो । पहिलो पटक कप्तान बनेका हार्दिक पाण्डेयको कप्तानीमा खेलेको भारतले श्रीज जितेको हो ।

भारतले दिएको २२६ रनको लक्ष्य पछाएको आयरल्याण्डले २० ओभरमा ५ विकेट गुमाउदै २२१ रन बनाए पछि खेल ४ रनले गुमाएको थियो ।

आयरल्याण्डका लागि कप्तान एन्डी बल्ब्रिनेले सर्बाधिक ६० रन बनाए भने पाउल स्टिरलिङले ४०, ह्यारी टेक्टरले ३९, जर्ज डोकरेलले ३४ र मार्क अडैरले २३ रन बनाएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउदै २२५ रन बनएको थियो । भारतका लागि दिपक हुड्डाले शतकीय पारी खेल्दै १०४ रन बनाएका थिए भने सन्जु सामसनले ७७ रन बनाएका थिए ।

सिरिजमा उत्कृष्ट ब्याटिंग गरेका भारतका दिपक हड्डा प्लेयर अफ द सिरिज बनेका थिए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै