• २०८१ बैशाख ८ शनिबार

अमेरिकी युद्धक जहाज दुर्घटनाग्रस्त, १० सैनिक बेपत्ता 

kharibot

तस्विर ; गेटि इमेज

वाशिंगटन । अमेरिकी नौसेनाको युद्धक पानी जहाज मलेसियाको नजिक दुर्घटनाग्रस्त भएको छ ।  

दुर्घटनामा १० अमेरिकी नौसना वेपत्ता भएको अमेरिकी टेलिभिजन सिएनएनले जनाएको छ । 

युद्धक सामन लिएर गएको पानीजहाज मलेसी को नजिक मलक्का जलसंधिस्थित बन्दरगाहतर्फ गइरहेको बेला युएस म्याककेन नामक सो जहाज लाइबेरियाको झन्डा भएको तेल ट्यांकरसँग ठोक्किदा सो दुर्घटना भएको बताइएको छ । 

अहिले जहाजको उद्धार र हराइरहेका १० सैनिकको खोजि कार्य जारी रहेको बताइएको छ । 

पछिल्लो दुई महिनामा अमेरिकी युद्धक जहाज दुर्घटना भएको यो दोर्सो पटक हो ।  यसअघि अगत जुन महिनामा दुनियाको सबै भन्दा उत्कृष्ट मानिएको युद्धक जहाज युएए फिटसजेराल्ड दुर्घटना हुँदा सात सैनिकको ज्यान गएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै