• २०८१ बैशाख १२ बुधबार

प्रचण्डलाई घनश्यामको जवाफ- अब माओवादीको बिउ, एमालेको बिउ, समाजवादीको बिउ उम्रिदैनन् !

kharibot

काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन् । प्रचण्डले तीन बर्ष एमालेमा माओवादी केन्द्रको विउ रोपेर आएको भन्ने भनाईको भुसालले जवाफ फर्काएका हुन् ।

कम्युनिस्ट नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा एमाले नेता भुसालले भने- 'आजको आवश्यकतालाई उहाँले पनि अझै राम्ररी बुझ्नु भएन । माओवादीको बिउ, एमालेको बिउ, समाजवादीको बिउ, कमरेड सीपीको कमरेड फलानाको बिउ…अब यी उम्रिदैनन् ।'

नेता भुसालले अगाडी भने- ‘कृषिको कुरा गर्दा हामी रैथाने बिउको कुरा गर्छौं । त्यसले आजको आवश्यकता पूरा गर्न सक्दैनन् । त्यसलाई हाइब्रिड बनाउनुपर्छ । माओवादीको बिउ, एमालेको बिउ वा समाजवादीको बिउ अब चल्दैन । हामीले अस्ति नेकपा हाइब्रिड बनाएका थियौं । हाम्रो बुद्धि पुगेन र भकारीमै आगो लगायौं । बिउ सुरक्षित छन्, यी बिउहरुलाई फेरि हाइब्रिड बनाउनुपर्छ । जहाँ माओवादी, एमाले, समाजवादी केही रहने छैन, नेकपा रहने छ, कम्युनिस्ट पार्टी रहनेछ, एकीकृत कम्युनिष्ट पार्टी रहने छ ।’

प्रचण्डले आजै माओवादी केन्द्रको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेकपामा तीन बर्षको आफ्नो अनुभवमा एमालेमा ओलीको नेतृत्व गएपछि एकता हुन सक्ने बताएका थिए । प्रचण्डले आफुहरुले तीन बर्षमा एमालेमा बिउ रोपेर आएको र केहि समयमा त्यो फुल्ने र फुल्ने बताएका थिए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै