• २०८१ बैशाख १३ बिहीबार

बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने

kharibot

ढाका । बङ्गलादेशमा ५ देखि १२ बर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । 

नयाँ सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको देखिएपछि बालबालिकाको सुरक्षाका लागि खोप लगाउने निर्णय गरिएको अधिकारीहरूले जनाएका छन् ।

बङ्गलादेशका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जाहिद मालिकीले आगामी महिनादेखि बालबालिकालाई खोप लगाउन थालिने बुधबार जानकारी दिए  । 

“हामीले सम्भवतः जुलाईको अन्तिम हप्ताबाट उनीहरूलाई खोप लगाउन सुरु गर्नेछौँ,” पत्रकार सम्मेलनमा उनले भने । 

बालबालिकाका लागि खोपको व्यवस्था गर्ने प्रक्रिया चलिरहेको र बाँकी तयारीको काम पनि भइरहेको उनले बताए । 

बालबालिकाको जन्मदार्ता हेरेर त्यसैका आधारमा खोप लगाइने मन्त्री मालिकीले जानकारी दिए ।  

सरकारले मास्क लगाउने कार्यलाई पनि उच्च प्राथमिकतामा राखिरहेको छ । सरकारले जारी गरेको निर्देशनमा रहेका नागरिकले मास्क लगाउनै पर्ने उल्लेख गरिएको छ ।

सार्वजनिक स्थलहरूमा ‘नो मास्क, नो सर्भिस’ लेखेर टास्न लगाइएको छ । मास्क नलगाउनेलाई सेवा पनि नदिने नीतिलाई सरकारले निकै महत्व दिएको छ । 

बङ्लादेशमा अहिलेसम्म १९ लाख ६९ हजार ३६१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये दुई हजार ८७ जना पछिल्लो एक दिनमा भएका हुन् । 

त्यसैगरी कोरोनाका कारण अहिलेसम्म बङ्लादेशमा २९ हजार १४५ जनाको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै