• २०८१ बैशाख ६ बिहीबार

राजु लामाको स्वरमा ‘ठूली’ म्युजिक भिडियो सार्वजनिक

kharibot

काठमाडौँ । हालै सगरमाथाको सफल आरोहण गरेका गायक राजु लामाको स्वरमा रहेको ‘ठूली’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

राजु लामा र तारा शिरिष मगरको सुमधुर स्वरमा रहेको ठूलीको म्युजिक भिडियोलाई नेपाल इन्टरटेनमेन्ट प्रालिले सार्वजनिक गरेको हो ।

उक्त गीतमा शब्द कौडा बुढा मगरको रहेको छ भने सङ्गीत सरोज लामाको छ ।

‘नाकैमा ठूली, शिरैमा सुनको शिरबन्दी’, ‘म पनि केमा कम छु र ? भनन, चट्टै परेर आको छु हेर न’, ‘आऊ न नजिक मलाई अङ्गालोमा बेरन’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।

उक्त भिडियोमा आकाश श्रेष्ठ र बीना राउतले  अभिनय गरेका छन् । अर्जुन तिवारीले छायाङ्कन गरेका सो भिडियोमा शान थापाले निर्देशन गरेका हुन् ।

उक्त गीतको भिडियो नेपालमय युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै