• २०८१ बैशाख ७ शुक्रबार

परराष्ट्रमन्त्री डा. खड्कासँग नवनियुक्त भारतीय राजदुत श्रीवास्तवको भेटवार्ता

kharibot

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग नवनियुक्त भारतीय राजदुत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।

गत शनिबार आफ्नो कार्यभार सम्हाल्न काठमाडौँ आइपुगेका राजदुत श्रीवास्तवले शुक्रबार परराष्ट्रमन्त्री खड्कालाई भेट गरेका हुन् । उनले आजै परराष्ट्र सचिव भरतराज पौड्याललाई पनि भेट गरेका छन् ।

विहिबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग ओहोदाको प्रमाण पत्र बुझाएका राजदुत श्रीवास्तवले विहिबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गरेका थिए ।

यस अघि राजदुत रहेका विनय मोहन क्वात्रा भारतको विदेश सचिवमा बढुवा भएपछि उनको ठाउमा श्रीवास्तव आएका हुन् ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै