• २०८१ बैशाख ७ शुक्रबार

केएमसी स्कुलको क्यान्टिनकी कर्मचारी मृत फेला, निष्पक्ष छानिबन गर्न आफन्तको माग

kharibot

काठमाडौँ । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको होस्टलमा कार्यरत महिला कर्मचारी मृत फेला परेकी छन् । काभ्रेको तेमाल गाउँपालिकाकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

शनिबार होस्टेलको स्टाफको कोठाको डबल डेकर खाटमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

करिब डेढ वर्षदेखि होस्टेलमा कार्यरत उनको शव अझै उठेको छैन ।

मृतक परिवार तथा आफन्तहरू केएमसी स्कुल बाहिर जम्मा भएका छन् । उनका आफन्तले उनको हत्या भएको आशंका गर्दै निश्पक्ष छानबिनको माग गरेका छन् ।

प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाउन आफन्तसँग छलफल गर्ने प्रयास गरिरहेको बताएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै