• २०८१ बैशाख ७ शुक्रबार

कोहलीसँग भनाभनपछि आक्रामक भए बेयरस्टो, पुरा गरे शतक

kharibot

काठमाडौँ । भारत र इङल्याण्डबीच बर्मिङ्घममा पाँचौं टेस्ट खेल्दैछ । आइतबार तेस्रो दिनको खेल सुरु हुनासाथ विराट कोहली र इंग्ल्याण्डका ब्याट्सम्यान जोनी बेयरस्टोबीच भनाभन भएको छ । स्थिति बिग्रँदै गएको देखेर अम्पायर र इङल्याण्डका कप्तान बेन स्टोक्सले हस्तक्षेप गर्नुपरेको थियो । मैदानमा भएको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

दोस्रो दिनको खेल समाप्त हुँदा इंग्ल्याण्डको आधा टोली ८४ रन बनाएर फर्किएको थियो । तेस्रो दिनको खेलको सुरुमै कोहलीले टोलीका खेलाडीलाई हौसला प्रदान गरेका थिए । ३१औं ओभरमा बल मोहम्मद शामीको हातमा थियो ।

ओभरको पहिलो बलमा जोनी बेयरस्टोले कुनै रन बनाउन सकेनन् । त्यसपछि पहिलो स्लिपमा उभिएर कोहलीले भने– यो साउदी होइन, जसलाई चौका र छक्का हान सकियोस् । यो सुनेपछि बेयरस्टो रिसाए र कोहलीलाई गाली गर्न थाले । यसमा पनि कोहली चुप लागेनन् र बेयरस्टोतर्फ लागे । त्यसपछि भने–मुख बन्द गर र चुपचाप ब्याट गर । दुवैबीच बढ्दो झगडा देखेर अम्पायर हस्तक्षेप गर्न आएका थिए । स्टोक्सले पनि दुवैलाई शान्त गराए ।

बेयरस्टोले यो खेलअघि न्युजिल्याण्डविरुद्ध धेरै रन बनाएका थिए । यसबारे कोहलीले उनलाई भड्काउन खोजेका थिए । तर कोहलीसँगको त्यो घटनापछि बेयरस्टोले आक्रामक ब्याटिंग गर्दै आफ्नो शतक पुरा गरेका छन् । कोहलीसँग भनाभन हुदा बयरस्टोले ६१ बलमा १३ रन मात्र बनाएका थिए तर अर्को ५९ बलमामा ८७ रन बनाएर उनले शतक पुरा गरेका हुन् ।

बेयरस्टोको यो टेस्ट क्रिकेटमा ११औ शतक हो । उनलाई साम ब्लिंग्सले साथ दिइरहेका छन् । 

इङल्याण्डले शुरुवात ५ विकेट ८४ रनमा गुमाएपनि अहिले ६ विकेट गुमाएर २०० रन कटाएको छ । 

यसअघि भारतीय टोलीले आफ्नो पहिलो इनिङ्समा ४१६ रन बनाएको थियो । पन्त र जडेजाले छैटौं विकेटमा २२२ रनको साझेदारी गर्दै टोलीलाई बलियो स्कोरमा पुर्याएका थिए । भारतको पहिलो इनिङ्समा एक समय यस्तो थियो जब ९८ रनमा ५ विकेट खसेको थियो । यहाँबाट पन्त र जडेजाले इनिङ्सलाई सम्हालेका थिए । पन्तले १११ बलमा १४६ र जडेजाले १९४ बलमा १०४ रन बनाएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै