• २०८१ बैशाख ७ शुक्रबार

तत्कालिन नेकपाका पाँच सचिवालय सदस्यबीच छलफल

kharibot

काठमाडौँ । साविक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठका बीच भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली काङ्ग्रेससङ्गको गठबन्धन आदि विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

छलफलमा नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको छ ।

यसअघि प्रचण्डले जारी माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा तत्कालिन नेकपा बहुमत सचिवालय सदस्यबीच बृहत बाम गठबन्धन बनाउन छलफल हुने बताएका थिए । 

तत्कालिन नेकपाका ९ सचिवालय सदस्य मध्ये चार जना केपी शर्मा ओली, रामबहादुर थापा, इश्वर पोखरेल र विष्णु पौडेल हाल एमालेमा रहेका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै