• २०८१ बैशाख ७ शुक्रबार

इजिप्टमा पौडी खेल्दा सार्कको आक्रमण- दुई महिलाको मृत्यु

kharibot

काठमाडौं । इजिप्टको तटीय क्षेत्रमा यसै साता सार्कको आक्रमणमा एक अस्ट्रियाली र अर्की रोमानियाली महिलाको मृत्यु भएको इजिप्टको वातावरण मन्त्रालयले जनाएको छ ।

रेड सिमा दक्षिणी हुर्घाडाको सहल हसिस क्षेत्रमा पौडी खेल्ने क्रममा दुई महिलालाई सार्कले आक्रमण गरेको र दुबै जनाको मृत्यु भएको मन्त्रालयले आइतबार फेसबुक पेजमा जनाएको छ । 

अस्ट्रियाको समाचार एजेन्सी एपीएका अनुसार मृत्यु भएकामध्ये एक महिला देशको टायरोल क्षेत्रकी भएको जनाइएको छ ।

६८ वर्षीया ती महिला इजिप्टमा छुट्टी मनाउन गएकी थिइन् । अस्ट्रियाको विदेश मन्त्रालयले इजिप्टमा आफ्नो देशको नागरिकको मृत्यु भएको पुष्टि गरेको छ ।

त्यस्तै, रोमानियाको विदेश मन्त्रालयले पनि आफ्नो नागरिकको इजिप्टमा सार्क आक्रमणमा मृत्यु भएको पुष्टि गरेको छ । यसैबीच, दुई महिलाको मृत्युपछि तीन दिनसम्म सम्पूर्ण तटीय क्षेत्र बन्द गर्न रेड सीका गर्भनरले निर्देशन दिएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै