• २०८१ बैशाख १३ बिहीबार

गाब्रियल जिसस आर्सनल गएको औपचारिक घोषणा

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग क्लब आर्सनलले ब्राजिलियन फरवार्ड गाब्रियल जिससलाई भित्र्याएको औपचारिक घोषणा गरेको छ ।

आर्सनलले सोमबार जिससलाई प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट भित्र्याएको घोषणा गरेको हो ।

२५ बर्षिय जिससले आर्सनलमा पाँच बर्षको सम्झौता गरेका छन् । आर्सनलले जिससका लागि ४५ मिलियन पाउण्ड खर्च गरेको छ । जिससले आर्सनलमा ९ नम्बरको जर्सी लगाउने छन् । जिससलाई चेल्सी र टोटनह्यामले पनि भित्र्याउने प्रयास गरेका थिए ।

१९ बर्षको उमेरमा ब्राजिलियन क्लब पल्मेइरसबाट सिटी आएका जिससले सिटीमा २३६ खेल खेल्दै ९५ गोल गरेका छन् ।

६ बर्ष सिटीमा खेल्दा जिससले चार सिजन प्रिमियर लिग जितेका छन् भने २०२०-२१ सिजनमा च्याम्पियन्स लिगको फाइनल खेलेका थिए ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै