काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा विदेश भ्रमणबाट स्वदेश फर्किएका छन् । प्रधानसेनापति शर्माले लेवनान, सिरिया र अमेरिकाको भ्रमण पुरा गरि गएराती स्वदेश फर्किएका हुन् ।
शर्माले द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न तथा युन मिसनहरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी हासिल गर्न असार ४ गतेदेखि ८ गतेसम्म लेवनानस्थित युनाइटेड नेसन्स इन्तरिम फोर्स इन् लेबनानको भ्रमण गरेका थिए ।
त्यस्तै असार ८ गतेदेखि ९ गतेसम्म युएनको सिरियास्थित मिशनको अवलोकन भ्रमण गरेका थिए ।
त्यसपछि प्रधानसेनापति शर्मा असार १३ गतेदेखि अमेरिका भ्रमणमा गएका थिए ।
प्रधानसेनापति महारथी शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्की तथा रक्षा सचिव किरणराज शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआईपि. कक्षमा स्वागत गरेका थिए ।