• २०८१ बैशाख १२ बुधबार

थपिए ४० जना कोरोना संक्रमित

kharibot

काठमाडौं  । नेपालमा पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार १० जनामा गरिएको नमुना परीक्षणमा आरटी पिसिआर विधिमार्फत् ३४ जना र एन्टीजेन विधिमार्फत् थप ६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका सँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ३ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा १९ जना संक्रमित निको भएका छन् ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै