• २०८१ बैशाख १३ बिहीबार

भारतले इङल्याण्डलाई दियो ३७८ रनको लक्ष्य

kharibot

काठमाडौँ । जारी टेस्ट खेलमा भारतले इङल्याण्डलाई ३७८ रनको लक्ष्य दिएको छ ।

पहिलो इनिङमा ४१६ रन बनाएको भारतले, इङल्याण्डले पहिलो इनिङमा २८४ रन मात्र बनाएपछि १३२ रनको अग्रता हासिल गरेको थियो ।

त्यस्तै खेलको चौथो दिन दोस्रो इनिङमा भारत २४५ रन बनाएर अल आउट भएपछि इङल्याण्डले यो टेस्ट जित्न ३७८ रनको लक्ष्य पाएको छ ।

अघिल्लो बर्ष स्थगित भएको ५ खेलको यस टेस्ट सिरिजमा भारत २-१ ले अगाडी रहेको छ ।           

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै