• २०८१ बैशाख ११ मंगलबार

अमेरिकामा नेपाली खेलाडी र पत्रकार सम्मानित

kharibot

काठमाडौँ । नेपाली फुटबलर नवयुग श्रेष्ठ र भरत खवाससँगै दुई जना नेपाली खेलकुद पत्रकारलाई अमेरिकामा सम्मान गरिएको  छ ।

फुटबलर श्रेष्ठ, खवास तथा खेलकुद पत्रकार रोशनबहादुर सिंह र फोटो पत्रकार कौशल अधिकारी सम्मानित भएका हुन् ।

अमेरिकाको बाल्टिमोरमा भएको एनएसी फुटबल प्रतियोगिताको फाइनल खेलपछि चारै जनालाई बाल्टिमोर काउन्टीअन्तर्गट डिस्ट्रिक्ट आठले सम्मान गरेको हो ।

चारै जनालाई डिस्ट्रिक्ट आठका डेलिगेट्स ह्यारी भण्डारीले सम्मान गरे । सिंहलाई नेपाली खेलकुदमा पत्रकारिताको माध्यमबाट गरेको महत्वपुर्ण योगदानका कारण र अधिकारीलाई फोटो पत्रकारितामा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

चारै जनालाई नेपाली खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै सम्मानित गरेको ह्यारी भण्डारीले जानकारी दिए ।

यसअघि रोशन, कौशल, भरत र नवयुगलाई बाल्टिमोरको १० नम्बर डिस्ट्रिक्टका डेलिगेट जे जेलेसीले पनि सम्मान गरेका थिए ।

एनएसी कप फुटबलका लागि भरत र नवयुगले अमेरिकाको एल ए गुँरासबाट खेलेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै