• २०८१ बैशाख १३ बिहीबार

कुकुर लिएर ३८ देशको ४८ हजार किलोमिटर हिडेका टम

kharibot

काठमाडौँ । अमेरिकाको न्यु जर्सीमा बस्ने टम टर्किचले आफ्नो कुकुरसँग पैदल यात्रा गरी ३८ देश घुमेका छन् ।

सात वर्षको यात्रामा टमलाई साथ दिने कुकुर सवानाहले विश्व कीर्तिमान बनाएका छन् । करिब ४८ हजार किलोमिटरको यात्रामा टम टर्किचले धेरै चुनौतिको सामना गरे पनि उनले आफ्नो यात्रा रोकेनन् । टम टर्किचले यो यात्रा पाँच वर्षमा पूरा गर्ने योजना बनाएको भएपनि कोरोना महामारी र आफ्नै बिरामीका कारण अझै थप दुई वर्ष लागेको बताएका छन् ।

टम हिड्न गएको कथा पनि दुखद छ, जसले उनलाई यो यात्रामा जान प्रेरित गर्यो । टमकी प्रेमिका एन मेरीको २००६ मा एक जेट स्की दुर्घटनामा १७ बर्ह्सको उमेरमा मृत्यु भयो । त्यसपछि टमले टम ह्यांकको फिल्म फोरेस्ट गम्पसँग जीवनलाई तुलना गर्दै विश्व भ्रमण गर्ने निर्णय गरे । टमले विश्व भ्रमणका लागि सहयोग जुटाउन थाले । कलेजको समयमा गर्मी बिदामा काम गर्दा, टमले दुई वर्षको लागि यात्रा गर्न पैसा जम्मा गरे ।

टमले आफ्नो २६औं जन्मदिनमा २०१५ मा यो यात्रा सुरु गरेका थिए । टम भन्छन्, उनले यात्रामा धेरै उतार चढाव देखे । टर्की-उज्बेकिस्तानमा मानिसहरूले टमलाई विवाहमा निम्तो दिएर खुसी बनाए । टमले गिनिज बुक अफ वर्ल्ड रेकर्ड होल्डर न्यूम्यानको कथाबाट प्रेरित भएर संसार भ्रमण गर्ने निर्णय गरे । यद्यपि, टमको यात्रा प्राविधिक कारणले गिनिज रेकर्डमा समावेश भएन, तर उनको कुकुरले पैदल यात्रा गर्ने पहिलो जनावर बनेको रेकर्ड भने बनायो ।

टम र सवाना दिनमा ३० देखि ४० किलोमिटर हिँड्थे र धेरैजसो रात शिविरमा बिताउँथे । टम भन्छन्,  सवानाहले उनलाई यो यात्रामा धेरै साथ दियो । यात्रामा सवानाह टम भन्दा बढी ऊर्जावान थियो र उसले पनि धेरै उत्साहका साथै सुरक्षा देखाएको टम बताउछन् ।

टमले अब भने लामो दूरीको पदल यात्राको कुनै योजना बताउछन् । सिएनएन ट्राभलसँग कुरा गर्दै उनले भने- ' म मेरो जीवन नहिडेर र लामो यात्रा नगरेर बिताउन चाहान्छु । मलाई अहिले सबै पुगे जस्तो भएको छ । म अहिले एक ठाउमा बस्न चाहन्छु ।'  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै