• २०८१ बैशाख १३ बिहीबार

नेपहपको श्रीपेच विवाद: मेयर बालेन्द्रको उपस्थितिमा मुकुट फिर्ता

kharibot

काठमाडौं । र्‍याप संगीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेतालाई पहिर्याइएको मुकुट फिर्ता गरिएको छ ।

मुकुट बारे विवाद भएपछि र्‍याप संगीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’ कार्यक्रमका जज समेत रहेका काठमाडौंका मेयर बालेन्द्र साहले बज्राचार्य गुरुलाई उक्त मुकुट हस्तान्तरण गरेका हुन् । मुकुट फिर्ता गरेसँगै यो विवाद समाधान भएको छ ।

रियालिटी शोको शनिवार आयोजित फाइनलमा मेयर साहले विजेता भाइबर साइमनलाई पञ्चबुद्धको आकृतिसहितको मुकुट लगाइदिएका थिए ।

बौद्ध धर्ममा यस्तो मुख: (मुकुट) बज्राचार्यहरूको पूजामा गुरुहरूले पञ्चअभिषेक दिँदा लगाइदिने परम्परा रहेकोमा सांगीतिक कार्यक्रममा धार्मिक महत्त्वको मुकुट दुरुपयोग गरिएको भन्दै विवाद भएको थियो ।

मेयर साहले गल्ती भएको स्वीकार गर्दै गुरु देय थ:पा लाई मुकुट हस्तान्तरण गरेका हुन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै