काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ७३ जना र एन्टिजन परिक्षण गर्दा १७ जना गरि जम्मा ९० जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २० जना कोरोनामुक्त भएका छन् ।
योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ ।
पछिल्लो २४ घण्टामा १९४४ जनाले पिसिआर र ११६८ जनाले एन्टीजेन परिक्षण गरेका थिए । हाल देशभर सक्रिय संक्रमितको संख्या ४०१ जना रहेका छन् ।