म्यानमार, चीन र बङ्गलादेशबीच विद्युत व्यापार सम्झौता

खरीबोट
ad

नाइ पेइ तावा । म्यानमार, चीन र बङ्गलादेशबीचमा शुक्रबार विद्युत् व्यापार सम्झौता भएको छ । 

नई पीइ टावामा भएको तीन देशका मन्त्रीहरूको त्रिपक्षी बैठकले सिमा वारपार विद्युत व्यापार विस्तार गर्ने सम्झौता गरेको हो । 

साथै सम्झौतालाई कार्यान्वयन गर्नका लागि छु्ट्टै संयन्त्र बनाउने बारेमा पनि बैठकमा छलफल भएको उच्च अधिकारीहरूले बताएका छन् । 

तीन देशबीच भएको सम्झौताले यी देशमा विद्युत सुरक्षा, विद्युत श्रोतहरूको आदानप्रदान, विकासका पुर्वाधार, रोजगारीको सृजना लगायतका क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ । 

बैठकमा म्यानमारका विद्युत तथा उर्जा मन्त्री यु विन खाङ, चीनका राष्ट्रिय उर्जा प्रशासनका उप–प्रशासक लि फान्रोङ र बङलादेशको प्रधानमन्त्रीका उर्जा, विद्युत र खनिज श्रोत मामिला सल्लाहकार डा तावफिक इ इलाही चौधरी सहभागी भएका थिए । 

सम्बन्धित समाचार

जलविद्युत्, कृषि, पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह

काठमाडौँ / चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का सिचुवान प्रान्त सचिव पेङ छिङुहवाले शिष्टाचार भेट गरेका छन  ।  भेटमा उपराष्ट्रपतिले नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुगेको उल्लेख गर्दै

कुन्बाङ खोला जलविद्युत आयोजनाको विद्युत् खरिद सम्झौता

काठमाडौं । सुस्मित इनर्जीले निर्माण गर्न लागेको कुन्बाङ खोला जलविद्युत आयोजनाको विजुली खरिद गर्न विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) भएको छ ।  सम्झौता पत्रमा आयोजना प्रबर्धक सुस्मित इनर्जी प्राइभेट लिमिटेडका

रघुगङ्गा जलविद्युत् आयोजना निर्माण शुरु

म्याग्दी /  चालिस मेगावाट क्षमताको रघुगङ्गा जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको काम शुरु भएको छ ।  नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले बनाउन लागेको आयोजना निर्माणका लागि  छ अर्बमा २०७४

रसुवागढी जलविद्युत्को सुरुङमा पहिरोका कारण दुईको मृत्यु, नौ घाइते

रसुवा । निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ प्रवेश मार्गमा पहिरोका कारण शनिबार राति दुई जनाको मृत्यु भएको छ । सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार