• २०८१ बैशाख ७ शुक्रबार

भारतविरुद्ध इङल्याण्डको ऐतिहासिक जितमा रुट र बयरस्टोको शतक

kharibot

काठमाडौँ । इङल्याण्डले भारतविरुद्धको जारी टेस्ट खेलमा ऐतिहासिक ७ विकेटको जित हासिल गरेको छ । 

भारतले दिएको ३७८ रनको लक्ष्य पछाइरहेको इङल्याण्डले खेलको पाँचौ तथा अन्तिम दिन ३ विकेट मात्र गुमाएर लक्ष्य पुरा गरेको हो । 

इङल्याण्डको जितमा पुर्व कप्तान जो रुट र जोनी बयरस्टो नायक बनेका छन् । दुवैले शतक बनाउदै चौथो विकेटका लागि २६९ रनको साझेदारी गरेका थिए ।  यस क्रममा रुटले अविजित १४२ रन बनाए भने बयरस्टोले ११४ रन बनाएका थिए । 

त्यस्तै इङल्याण्डका लागि ओपनर एलेक्स लीजले ५६ र ज्याक क्रवलीले ४६ रन बनाएका थिए । 

यस खेलमा इङल्याण्डले कैयौं किर्तिमान पनि बनाएको छ । इङल्याण्डका लागि सन १९३९ पछि चौथो इनिन्ग्समा दुई ब्याट्सम्यानले पहिलो पटक शतक बनाएका छन् । साथै इङल्याण्डले आफ्नो टेस्ट इतिहासमै अहिलेसम्मकै धेरै रन चेज पनि गरेको छ ।    

यसअघि पहिलो इनिङमा ४१६ रन बनाएको भारतले, इङल्याण्डले पहिलो इनिङमा २८४ रन मात्र बनाएपछि १३२ रनको अग्रता हासिल गरेको थियो ।

त्यस्तै खेलको चौथो दिन दोस्रो इनिङमा भारत २४५ रन बनाएर अल आउट भएपछि इङल्याण्डले यो टेस्ट जित्न ३७८ रनको लक्ष्य पाएको छ ।

अघिल्लो बर्ष स्थगित भएको ५ खेलको यस टेस्ट सिरिज २-२ को बराबरीमा सकिएको छ ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै