• २०८१ बैशाख १३ बिहीबार

अर्थ र स्वास्थ्यमन्त्रीले राजीनामा दिएपछि बेलायतमा जोनसन सरकार संकटमा

kharibot

काठमाडौँ । बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्य सचिव साजिद जाविदले राजीनामा दिएपछि प्रधानमन्त्री बोरिस जोन्सनको सरकार संकटमा परेको छ । प्रधानमन्त्रीको नेतृत्वको आलोचना गर्दै सुनक र जाविदले राजीनामा दिएका हुन् । 

आफ्नो सरकारमा यौन दुर्व्यबहारको आरोपको सामना गरेका टोरी सांसद नियुक्त गरेकोमा प्रधानमन्त्री जोनसनले माफी मागिरहेका बेला सुनक र जाविदको राजीनामा आएको हो । 

सुनकले आफ्नो राजीनामा पत्रमा ‘सरकार छाड्दा दुखी’ भएको तर सरकारलाई साथ दिन नसक्ने निस्कर्षमा पुगेको बताएका छन् ।

सुनकले राजीनामा पत्रमा भनेका छन्, ‘सरकारलाई सही, सक्षम र गम्भीरताका साथ सञ्चालन गर्ने जनताको अपेक्षा छ । ’ जनताले ‘सरकार सही, दक्ष र गम्भीरताका साथ सञ्चालन हुने’ उनले अपेक्षा गरेका छन् । 

यसैबीच लेवर नेता सर केयर स्टाररले जोनसन सरकारको पतन हुन लागेको टिप्पणी गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै