• २०८१ बैशाख ७ शुक्रबार

जासुसीको आशंकामा पक्राउ परेका रुसी वैज्ञानिकको मृत्यु

kharibot

काठमाडौँ । गत हप्ता साइबेरियामा राज्यद्रोहको आशंकामा पक्राउपछि मस्कोतर्फ लगिएका रुसी वैज्ञानिकको मृत्यु भएको छ । उनको मृत्यु भएको उनका वकिल र परिवारका सदस्यले पुष्टि गरेका छन् । उनी क्यान्सरबाट पीडित थिए ।

पक्राउ लगत्तै ५४ वर्षीय भौतिकशास्त्री दिमित्री कोल्करलाई  लेफोर्टोभो जेलमा  राखिएको थियो । बिरामी भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई नलीबाट खुवाइएको थियो । उनीमाथि लागेका आरोप आधारहिन भएको उनका भाइ एन्टोन डियानोभले बताए । उनीमाथि राज्यका गोप्य विषय चीनलाई जानकारी दिएको आरोप लागेको छ ।

‘उहाँ एक वैज्ञानिक हुनुहुन्थ्यो । उहाँ आफ्नो देशलाई माया गर्नुहुन्थ्यो । विदेशमा काम गर्न प्रमुख विश्वविद्यालय र प्रयोगशालाको निमन्त्रणाका बाबजुद आफ्नो देशमा काम गरिरहनुभएको थियो’, डियानोभले भने, ‘उहाँ रुस काम गर्न  चाहनुहन्थ्यो । ’ उनीमाथि लागेका सबै आरोप हास्यास्पद भएको उनले बताए ।

केही रूसी वैज्ञानिकहरूलाई हालैका वर्षहरूमा विदेशीहरूलाई संवेदनशील सामग्री पठाएको आरोपमा पक्राउ गरी देशद्रोहको आरोप लगाइएको छ। उनीहरुमाथिको आरोप निराधार भएको क्रेमलिनका आलोचक बताउँछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै