बलिवुड फिल्मको ठुलो बजार बन्दै चीन, यी ५ फिल्म जसले करोडौ कमाए 

खरीबोट
ad

मुम्बई । बलिवुड फिल्मले सय करोडको व्यापार हुन थालेको धेरै भएको छैन ।

भारतीय बक्स अफिसको रिपोर्टलाई हेर्ने हो भने २००८ बाट आमिर खानको फिल्म गजनीबाट सुरु भएको यात्रा अहिले पछिल्लो पटक पद्मावतसम्म आएको छ । पद्मावतसम्म आइपुग्दा सयकरोड क्लबको ब्यापर गर्ने फिल्मको संख्या ६० पुगेको छ । जसमा बाहुबलीले ५ सय करोडभन्दा बढीको ब्यापार गरेको छ भने पाँच वटा फिल्मले ३ सय करोडको व्यापार गरेका छन् । जसमा सलमान खानका तीन फिल्म र आमिर खानका दुई फिल्म रहेका छन् ।

त्यस्तै २ सय करोडको व्यापार गर्ने फिल्मको संख्या ९ रहेको छ । बाँकी ४५ फिल्मले सय करोडको व्यापार गरेका छन् ।

अहिले समय बदलिएको छ । पछिल्लो समय बलिवुड फिल्मको व्यापार हेर्ने हो भने भारतमा भन्दा चीनमा बढी व्यापार गरेको देखिएको छ । चाहे आमिर खानका फिल्म हुन् चाहे सलमान खानका चीन अब बलिवुडको नयाँ बजार बन्ने संकेत देखिएको छ ।

भारतमा २०१५ मा रिलिज भएर बक्स अफिसमा ३२० करोडको व्यापार गरेको सलमान खानको फिल्म बजरंगी भाइजान अहिले चीनमा रिलिज भएको छ । बजरंगी भाइजानले चीनमा रिलिजको एक सातामा ११७ कोरडको व्यापार गरेको छ ।

त्यस्तै २०१६ मा आएको आमिर खानको फिल्म दंगालले चीनमा १३०९ करोडको व्यापार गरेको थियो । जबकी भारतीय बक्स अफिसमा यस फिल्मले ३७० करोड व्यापार गरेको थियो । केबल ९० करोडमा बनेको यो फिल्मको विश्वभरको कलेक्सन २ हजार करोड रहेको छ ।

त्यस्तै २०१७ मा रिलिज भएको आमिर खानको फिल्म सेक्रेट सुपर स्टारले चीनमा अहिलेसम्म ७९० करोडको व्यापार गरेको छ र अहिले पनि कमाई जारी छ । यस फिल्मले भारतीय बक्स अफिसमा भने केबल ६४ करोडको व्यापार गरेको थियो ।

त्यस्तै चर्चित फिल्म बाहुबलीले चीनमा ७९४ करोडको व्यापर गरेको थियो जबकी बहुबालीले भारतमा केबल ६ सय करोडको व्यापार गरेको थियो ।

त्यस्तै चीनमा पहिलो पटक रिलिज भएको आमिर खानको फिल्म पिकेले १२९ करोडको व्यापार गरेको थियो । भारतमा भने यस फिल्मले ३४० करोडको व्यापार गरेको थियो ।
यसरी हेर्दा बलिवुड फिल्मको ठुलो बजार अब चीन बन्ने देखिएको छ । 


 

सम्बन्धित समाचार

आमा गर्भवती भएपछि लुक्दै हिडे आयुष्मान खुराना !   

मुम्बई : बलिवुडमा अभिनेता आयुष्मान खुरानाको फिल्म 'बधाई हो' अहिले निकै चर्चामा रहेको छ। हालै रिलिज भएको फिल्मको ट्रेलरलाई सबैले तारिफ गरेका छन्। साथै यस फिल्मको पहिलो गीत पनि रिलिज

पुर्वप्रेमीको अफर ज्याक्लिनले अस्विकार गरेपछि हाउसफुल ४ मा मलाइकाको इन्ट्री 

मुम्बई। बलिवुडमा अभिनेता, अभिनेत्री तथा निर्माता, निर्देशकको रोमान्स र ब्रेकअपको खबर जहिलेपनि चर्चामा आउने गर्दछ। यसैबीच अभिनेत्री ज्याकलिन फर्नान्डिस र निर्देशक साजिद खान फेरी चर्चामा रहेका छन्।  यसअघि अफयेर्समा रहेर ब्रेकअप

'गुलाव जामुन' मा अभिषेक र ऐश्वर्या  

मुम्बई । बलिवुडका रियल लाइफ कपल अभिषेक बच्चन र ऐश्वर्या राय बच्चन फेरी एक पटक पर्दामा सँगै आउने भएका छन्। पछिल्लो पटक 'रावण' फिल्ममा सन् २०१० मा सँगै देखिएको यो

भजन गायक अनुप जलोटा ३७ बर्ष कम उमेरकी युवतीको प्रेममा !

मुम्बई। भारतीय टेलिभिजनमा आइतबारदेखि सुरु भएको रियालिटी शो बिग बोसमा भजन गायक अनुप जलोटाको अफयेर्सको खुलासा भएको छ। ६५ बर्षिय चर्चित गायक जलोटा बिग बोसमा आफ्नी २८ प्रेमिका प्रेमिकालाई लिएर