• २०७९ श्रावण २७ शुक्रबार

पुस २९ देखि देशभरका सिनेमा हलमा ‘गुञ्जन’

kharibot

काठमाडौं । काठमाडौंसहित देशभरकाका हलहरूमा आगामी २९ पुसमा चलचित्र ‘गुञ्जन’ रिलिज हुने भएको छ । निर्माण युनिटले काठमाडौंका लागि फिल्म वितरक जिजीए ग्रुप र काठमाडौंबाहिरका लागि एफडी कम्पनीसम्म सम्झौता गर्दै रिलिज मिति तय गरेको हो ।

प्रेमकथात्मक यस फिल्ममा सारा सिर्पाली, प्रितमराज सेन्चुरी, सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङ्तान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायत कलाकारको अभिनय छ ।

दुई दशकदेखि द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनको पहिलो निर्देशन फिल्म देख्न सकिन्छ । हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म एएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । काठमाडौं, पोखरा, जोमसोममा र दुवईमा छायांकन भएको छ ।

फिल्ममा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । राजेश श्रेष्ठको छायाँकन, विपिन मल्लको सम्पादन, कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत छ । फिल्ममा अभिनेत्री नीता ढुंगानाको आकर्षक आइटम डान्स समेत रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय