• २०८१ बैशाख १३ बिहीबार

अन्तर्राष्ट्रिय प्रतिबद्धताबमोजिम काम गर्न शिक्षामन्त्रीको आग्रह

kharibot

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अन्तर्राष्ट्रियरुपमा गरिएको प्रतिबद्धताबमोजिम नेपालको स्थानीय विशिष्टताको संरक्षण र सम्वद्र्धन गर्नेगरी काम गर्न युनेस्को नेपाल आगगलाई आग्रह गरेका छन् ।

युनेस्को नेपालका निमित्त नेपाल आयोगको सचिवालयको ३४औँ वार्षिकसभाको आज अध्यक्षता गर्दै मन्त्री पौडेलले सन् २०३० सम्मका लागि तय गरिएको दिगो विकास लक्ष्यमा पुग्न ‘एडल्ट लर्निङ र एजुकेशनको रोडम्याप’ अनुसार नीति, सुशासन, लगानी, सहभागिता समावेशीकरण, समानता र गुणस्तरका क्षेत्र पहिचान गरी कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धताबमोजिम युनेस्को पनि काम गर्नुपर्ने बताएका हुन् ।

युनेस्को आयोगले स्वतःस्फूर्तरुपमा हुने अनुसन्धानमूलक र वैज्ञानिक कार्यलाई प्रोत्साहन गर्नेगरी अन्तर्राष्ट्रिय दातासँग सहकार्य पनि आग्रह गरे । 

मन्त्री पौडेलले सोच, लक्ष्य, गन्तव्य र स्पष्ट रणनीतिसहित व्यापक र व्यावहारिक हुनेगरी कार्यक्रम गर्न सघाउ पुग्नेगरी आयोगको विधान परिमार्जन गर्न पनि सुझाव दिए । आयोगका महासचिव एवं मन्त्रालयका सचिवलगायत उच्च अधिकारी र विज्ञ सहभागी बैठकमा आयोगका सहायक महासचिव डा बाबुराम अधिकारीले प्रगति प्रतिवेदन पेश गरेका थिए ।

डा अधिकारीले आगामी आर्थिक वर्षमा नेपाल सरकार संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युनेस्को काठमाडौँ, स्थानीय सरकार र सम्बन्धित विषयमा कार्य गरिरहेका राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको समन्वय र आर्थिक, भौतिक र प्राविधिक सहयोगमा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण विषयक राष्ट्रिय सम्मेलन र बृहत् प्रदर्शनी कार्यक्रम आयोजना गरिने र राष्ट्रिय संस्कृति नीति परिमार्जनमा सक्रिय भूमिका निभाइने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै