• २०८१ बैशाख १४ शुक्रबार

अर्थमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले सम्हाल्ने

kharibot

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्र्पति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्माले राजीनामा दिएकोले अर्थमन्त्रीको पदभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरि तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको हो ।

राष्ट्र्पतिको कार्यालयले भनेको छ -

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्‌का माननीय अर्थ मन्त्री श्री जनार्दन शर्माले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा अर्थ मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।

अर्थमन्त्री शर्मामाथि बजेट घोषणाको अघिल्लो रात अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज हटाइएको आरोप लागेपछि बुधबारको संसद बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।
बुधबार नै संसदले अर्थमन्त्री प्रकरणकोप छानबिन गर्न १० दिनको समय दिएर ११ सदस्सीय संसदीय विशेष समितिको गठन पनि गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै