• २०८१ बैशाख ७ शुक्रबार

महामारी बन्दै भुल्ने रोग !

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । वृद्धवृद्धाहरुमा डिमेन्सिया (भुल्ने रोग) महामारीको रुपमा फैलिरहेको छ । अल्जाइमर रोगको उपचारका लागि क्रेनजुमाबजस्ता औषधि प्रभावकारी नभएको देखिएपछि चिकित्सकहरूको चुनौती बढेको छ ।

युनिभर्सिटी कलेज अफ लन्डनका मनोचिकित्सक तथा डिमेन्सिया रोकथामसम्बन्धी ल्यान्सेट आयोगका प्रमुख डा. गिल लिभिङ्स्टनले पनि औषधिमा हालै भएका परीक्षणहरूबारे आफ्नो राय दिएका छन् । डा. लिभिङ्स्टनले भने- 'यो निराशाजनक छ । यदि हामीसँग डिमेन्सियाको लागि प्रभावकारी औषधि भएको भए राम्रो हुन्थ्यो, तर ड्रग्स मात्र एक मात्र तरिका होइन । हामीले यसको विकल्पबारे सोच्नुपर्छ ।’

स्वास्थ्य विज्ञ र अनुसन्धानकर्ताहरू डिमेन्सियाबाट बच्न अन्य उपायहरू खोज्नुपर्ने बताउँछन् । डिमेन्सियाका जोखिम कारकहरूलाई हटाउन थप ध्यान दिनु पर्छ ।

अनुसन्धानले पत्ता लगाएको छ कि ४० प्रतिशत डिमेन्सिया युवा उमेरमा उच्च रक्तचाप, धुम्रपान, उमेर संग श्रवणशक्तिमा कमी, कम वा दृष्टि धमिलो आदि कारण हो । अब उपचारभन्दा रोकथाममा ध्यान दिन जरुरी छ ।

६२ प्रतिशत डिमेन्सिया केसहरू आँखाको दृष्टिसँग जोडिएका छन् 

अमेरिकामा दृष्टि गुमाउने विषयमा गरिएको एक अध्ययनले डिमेन्सियाका ६२ प्रतिशत केस धमिलो दृष्टिसँग सम्बन्धित रहेको पत्ता लगाएको छ । अनुसन्धाताहरूले आँखा स्वस्थ राख्दा वर्षेनी एक लाख मानिसलाई डिमेन्सियाबाट बचाउन सकिने पत्ता लगाएका छन् । आँखा परीक्षण र समयमै उपचार गरेर डिमेन्सियाबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् ।

५५ मिलियन मानिसलाई  डिमेन्सिया

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वमा ५ करोड ५० लाख मानिस डिमेन्सियाबाट पीडित छन् । यी बिरामीहरू मध्ये ६० प्रतिशत कम वा मध्यम आय भएका देशहरूमा बस्छन् । भुल्ने रोगका अधिकांश बिरामी वृद्धवृद्धा छन् । डब्ल्यूएचओका अनुसार २०३० सम्ममा बिरामीको संख्या ७ करोड ८० लाख पुग्ने छ । योसँगै सन् २०५० सम्ममा यो संख्या १३.९ करोड पुग्ने अनुमान छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै