• २०७९ श्रावण २८ शनिबार

सूचना उपलब्ध नगराएकामा ३२ कार्यालय प्रमुख कारबाहीमा

kharibot

काठमाडौँ ।  राष्ट्रिय सूचना आयोगमा सूचनाको माग गरेर करिब एक हजार १०० उजुरी परेका छन् । नागरिकलाई सूचना उपलब्ध नगराएकामा अहिलेसम्म ३२ कार्यालय प्रमुखलाई कारबाही गरिएको आयोगले जनाएको छ । 

आयोग र नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको सहकार्यमा यहाँ आज आयोजित सूचनाको हकसम्बन्धी अन्तक्र्रियामा आयुक्त रत्नप्रसाद (दीपक) मैनालीले पछिल्लो दुई वर्षमा १२ कार्यालय प्रमुखलाई कारबाही गरिएको जानकारी दिँदै सूचनाको हकलाई देशैभर नागरिक तहसम्म पुर्याउन पत्रकार महासङ्घसँग समन्वय भइरहेको बताए । 

नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले संविधानमा मौलिक हकका रूपमा स्थापित सूचनाको अधिकार पत्रकारका लागि मात्र नभएर आम नागरिकको सरोकारको विषय बन्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शान्तराम विडारीले मुलुकमा सुशासन कायम गर्न सूचनाको महत्व रहेको बताउँदै नागरिक सुसूचित हुनुपर्ने विषयलाई दृष्टिगत गर्दै रुपचन्द्र विष्टले थाह आन्दोलन प्रारम्भ गरेको स्मरण गरे । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय