• २०८१ बैशाख ७ शुक्रबार

क्यानडासँग नेपालको लज्जास्पद हार

kharibot

काठमाडौँ । नेपालले दोस्रो एकदिवसीय खेलमा क्यानाडासँग ८३ रनको लज्जास्पद हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा क्यानडाले नेपाललाई ८३ रनले पराजित गरेको हो । योसँगै दुई खेलको अभ्यास खेलको सिरिज क्यानाडाले १–० ले जितेको छ ।

क्यानडाले दिएको १८९ रनको साधारण लक्ष्य पछाएको नेपाल ३९.२ ओभरमा १०५ रन बनाएर अलआउट भएको थियो । नेपालका ओपनर कुशल भुर्तेलले १, पवन सरार्फले १४, देव खनालले २६, रोहित पौडेलले ६, दीपेन्द्रसिंह ऐरीले ० (गोल्डेन डक), आरिफ शेखले ०, बसिर अहमदले १३, विनोद भण्डारीले १३, आदिल अन्सारीले १३, सन्दीप लामिछानेले ११ र करण केसीले अविजित ५ रन बनाए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको क्यानाडाले निधारित ५० ओभरमा ९ विकेट गुमाउँदै १८८ रन बनाएको थियो । क्यानडाका लागि श्रेयस मोभा र अमर खालिदले १०औं विकेटको लागि ७० रनको साझेदारी गरेका थिए ।

नेपाल बलर कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले २ तथा बसिर अहमद, आदिल अन्सारी र करण केसीले एक एक विकेट लिएका थिए ।

योसँगै नेपाल नेपाल अब स्कटल्यान्ड टूरमा जाने छ । त्यहाँ विश्वकप डिभिजन २ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक एकदिवसीय सिरिज हुनेछ ।

नेपाल अहिलेसम्म विश्वकप डिभिजन २ अन्तर्गत १६ खेलमा ७ मा जित, ८ मा हार र १ खेल बराबरीका साथ १५ अंक जोड्दै पाँचौं स्थानमा रहेको छ । नेपाललाई सिधैं विश्वकप ग्लोबल छनोट खेल्न शीर्ष तीनमा पुग्नुपर्ने हुन्छ । त्यस्तै एकदिवसीय मान्यतालाई निरन्तरता दिन अंक तालिकामा शीर्ष पाँचमा पुग्नै पर्ने अवस्था रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै