क्रिस्टल प्यालेसमाथि चेल्सीको जित 

खरीबोट
ad

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी विजयी भएको छ ।

चेल्सीको घरेलु मैदानमा भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २-१  गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा विलियमले एक गोल गरे भने एक गोल क्रिस्टल प्यालेसका मार्टिन केलीले आत्मघाती गोल गरेका थिए ।

खेलको २५औं मिनेटमा विलियमको गोल मार्फत अग्रता बनाएको चेल्सीले खेलको ३२औं मिनेटमा क्रिस्टल प्यालेसका मार्टिन केलीले बल क्लियर गर्ने क्रममा आफ्नै पोष्टमा गोल गर्दा चेल्सीको अग्रता दोब्बर भएको थियो ।

खेलको ९०औ मिनेटमा क्रिस्टल प्यालेसका प्याट्रिक भान आनहोल्टले गोल फर्काए पनि क्रिस्टललाई हारबाट जोगाउन भने सकेनन् । 

चेल्सीका लागि यस सिजनमा सबै खेलमा विलियमले १३ गोल गरेका छन् । 

जितसँगै चेल्सीको ३० खेलमा ५६ अंकसहित लिगको पाचौ स्थानमा रहेको छ भने क्रिस्टल प्यालेस ३० खेलमा २७ अंकसहित रेलिगेसन जोनमा रहेको छ ।
 

सम्बन्धित समाचार

 म्यानचेस्टर सिटीको बर्नलीमाथि उत्कृष्ट जित, घाइते ब्रुने टिममा फर्किए 

काठमाडौँ। इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले बर्नलीलाई ५-० गोल अन्तरले पराजित गरेको छ। गएराती भएको खेलमा सिटीले बर्नलीविरुद्ध शानदार जित हासिल गरेको छ।  सिटीको जितमा सर्जियो अग्युरो, बेर्नानड्रो सिल्भा, फर्नानडिन्हो,

चेल्सी र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिए

काठमाडौँ।  इङलिश प्रिमियर लिग फुटबलमा चेल्सी र म्यान्चेस्टर युनाइटेडले दुई दुई गोलको बराबरी खेलेका छन् । दुवै टीमले एक एक पटक अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य

प्रिमियर लिगमा सिटी, लिभरपुल र चेल्सीको टक्कर, तिनै टिमको समान २० अंक

काठमाडौँ। इङलिश प्रिमियर लिगमा ८ खेल सकिदा शिर्ष स्थानमा तीन क्लबको अंक बराबर भएको छ।   गएराती भएका खेलमा म्यानचेस्टर सिटी र लिभरपुलबीचको खेल बिनाक उनी गोल बराबरीमा सकिएपछि दुवैले अंक

प्रिमियर लिगमा फुलह्याममाथि आर्सनलको शानदार जित 

काठमाडौँ।  इङलिश प्रिमियर लिगमा आर्सनलले फुलह्याममाथि सहज जित हासिल गरेको छ।  आइतबार भएको खेलमा आर्सनलले फुलह्यामलाई ५-१ गोल अन्तरले पराजित गरेको छ।  आर्सनलका लागि एलेक्जेन्द्रे लकाजेटे र एमेरिक औबामेयाङ्गले २-२ गोल


z