• २०८१ बैशाख ८ शनिबार

बुढीगंगा मतगणना अपडेट: एमालेको अग्रता कायमै

kharibot

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा भएको निर्वाचनपछि जारी मतगणनामा नेकपा एमालेका उम्मेदवारले अग्रता कायम राखेका छन् । पछिल्लो अध्यावधिक मतपरिणामअनुसार मेयर पदमा एमालेका उम्मेदवार ६०२ मतले अगाडि छन् ।

पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार राम बहादुर बानियाँले १ हजार ५९२ मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार रंग बहादुर खाती ९९० मतसहित पछ्याइरहेका छन् ।

उपमेयरमा नेकपा एमालेका उम्मेदवार माया कुमारी खड‍्का(कुवँर) ले १ हजार ५५७ मत ल्याएकी छन् भने नेपाली कांग्रेसकी रिता शाहीले १ हजार १० मत प्राप्त गरेकी छन् ।

वडा नम्बर १ र १० को मत गणना सकिएकोमा दुवै वडाको वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । अहिले वडा नम्बर २ र ९ को जारी रहँदा कूल २ हजार ७४० मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै