• २०८१ बैशाख १२ बुधबार

बूढीगंगा मतगणना अपडेट- ५० प्रतिशत मत गन्दा एमालेलाई दोब्बर अग्रता

kharibot

बाजुरा । बाजुराको बूढीगंगा नगरपालिकामा करिब ५० प्रतिशत मतगणना सकिएको छ ।

५० प्रतिशत मत गन्दा नेकपा एमालेले झन्डै दोब्बरको अग्रता बनाएको छ । 

पछिल्लो अपडेटअनुसार मेयरमा एमालेका रामबहादुर बानियाँले २ हजार ९२५ मत पाएका छन् ।

नेपाली कांग्रेसका रङ्गबहादुर खाती १ हजार ५६९ मतका साथ उनलाई पछ्याइरहेका छन् । उपमेयरमा पनि एमालेकै फराकिलो अग्रता छ ।

एमालेकी मायाकुमारी खड्का कुँवरले २ हजार ८६६ मत ल्याउँदा कांग्रेसकी रिता शाहीले १ हजार ६२३ मत ल्याएकी छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ४ हजार ७६३ मतगणना भएको छ ।

हालसम्म नतिजा सार्वजनिक भएका चारै (१, १०, २ र ९ मा) वटा वडामा एमालेले वडाध्यक्ष पद जितेको छ । यतिबेला वडा नम्बर ८ र ३ को गणना भइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै