• २०८१ बैशाख १३ बिहीबार

चेन्नई सुपर किंग्सबाट बाहिरिदै छन् जडेजा ?

kharibot

काठमाडौँ । चेन्नई सुपर किंग्स (सिएसके) का स्टार खेलाडी रविन्द्र जडेजा अहिले फ्रेन्चाइजीसँग खुसी देखिँदैनन् ।

जडेजाको पछिल्लो मनोवृत्तिबाट पनि त्यस्तै देखिन्छ । उनले २०२१ देखि आफ्नो इन्स्टाग्राम ह्यान्डलबाट चेन्नई सुपर किंग्ससँग सम्बन्धित पोस्टहरू हटाएका छन्। यसपछि, जडेजा आगामी सिजनमा चेन्नईबाट खेल्न नपाउने अनुमान गरिएको छ ।

जडेजा र सिएसकेले पहिले नै सामाजिक सञ्जालमा एकअर्कालाई अनफलो गरिसकेका थिए । त्यसपछि जडेजाले आफ्नो इन्स्टाग्राम बायोबाट चेन्नईको नाम हटाए र त्यसपछि पछिल्लो दुई वर्षका सबै पोस्टहरू हटाए । यति मात्र होइन, जडेजाले ७ जुलाईमा महेन्द्र सिंह धोनीलाई उनको जन्मदिनमा सामाजिक सञ्जालमा शुभकामनासमेत दिएनन् ।

जडेजा सन् २०१२ मा चेन्नई सुपर किंग्ससँग जोडिएका थिए । १० वर्षमा उनले टोलीसँग दुई उपाधि जितेका थिए।  यस वर्षको प्रतियोगिता सुरु हुनु दुई दिनअघि महेन्द्र सिंह धोनीले कप्तानीबाट राजीनामा दिने घोषणा गरेका थिए । रविन्द्र जडेजालाई अर्को कप्तान बनाइयो । उनले ३७ दिनपछि मात्रै पद छाड्ने निर्णय गरे । धोनीले फेरि टोलीको कमाण्ड सम्हाल्नुपर्‍यो ।

यस पटक आईपीएलको लिलामी अघि चेन्नईले धोनी-जडेजासहित चार खेलाडीलाई रिटेन गरेको थियो । जडेजालाई फ्रान्चाइजीले सबैभन्दा बढी १६ करोड भारुमा राखेको थियो । तर धोनीलाई यो सिजन १२ करोडमा मात्रै राखिएको थियो ।

त्यसयता जडेजालाई कप्तान बनाउने अड्कलबाजी चलिरहेको थियो । त्यसपछि जडेजा पनि कप्तान बने तर दबाब सम्हाल्न सकेनन् । अहिले जडेजा र सिएसकेका गतिबिधिले आउदा सिजनमा जडेजा चेन्नईबाट बाहिरिने अड्कलबाजी अहिले भइरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै